Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सबै चिजको मूल्य बढ्यो, अब जनतालाई सरकारप्रति भरोसा छैन : प्रदीप पौडेल

    सबै चिजको मूल्य बढ्यो, अब जनतालाई सरकारप्रति भरोसा छैन : प्रदीप पौडेल

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 960
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मूल्यवृद्धि नियन्त्रणमा सरकार गम्भीर नभएको बताएका छन्।

    बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । नेता पौडेलले बजारमा मूल्यवृद्धि बढेको तर सरकारको लोकप्रियता घटेको दाबी गरे ।



    नेता पौडेलले भने,‘अहिले सबै चिजको मूल्यवृद्धि भइरहेको छ, सरकारप्रतिको भरोसा र लोकप्रियतामात्रै नबढेको स्थिति छ । देखावटी रूपमा अनुगमन गर्ने होइन, मूल्यवृद्धि, कालोबजारी र कृत्रिम अभाव सिर्जना नहुने गरी सरकारले आफ्नो उपस्थिति देखाओस्।’



    उनले देश आर्थिक मन्दीले थलिएको र ३५ प्रतिशत सटर बन्द भएको पनि बताए। उनले देश आर्थिक मन्दीले थलिएको बताए। कालोबजारीलाई गर्ने र कृत्रिम अभाव गर्नेलाई कारबाही गर्न सरकारलाई आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार