Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आफूसँग कति सिट छ भनेर चाल नपाउने कांग्रेस, अहिले ३२ सिटेको पछि लागेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस केही पनि गर्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।

पार्टी कार्यालय च्यासलमा बिहीबार शिवचन्द्र कुशवाहासहितलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले कांग्रेस साह्रो पुरानो र थोत्रो भएको टिप्पणी गरेका हुन्।

अध्यक्ष ओलीले भने,‘कांग्रेस साह्रो पुरानो भयो। साँच्चै थोत्रो भयो। केही पनि गर्न नसक्ने। उसँग ८७ सिट छ तर ३२ सिटेको पछाडि लुरूलुरू लागेको छ। कांग्रेस निरीह भएको छ, केही पनि गर्न नसक्ने भएको छ । आफूसँग कति सिट छ भनेर पनि चाल नपाउने भएको छ कांग्रेस, त्यति पनि चाल पाउँदैन ।’

अध्यक्ष ओलीले उमेरमा हजुरबुवा बलियो, काम पनि गर्न सक्ने भए पनि बूढो भएपछि नातीका पछाडि लाग्नुपर्ने भएजस्तै कांग्रेसको अवस्था देखिएको बताए।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नराम्रोबाहेक केही नगरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077