Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शहीदको सम्मानका लागि बिदा दिने कुरा गलत, काम गरेर देखाउनु पर्छ : प्रदीप पौडेल

    शहीदको सम्मानका लागि बिदा दिने कुरा गलत, काम गरेर देखाउनु पर्छ : प्रदीप पौडेल

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 828
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले शहीदको सम्मानका लागि बिदा दिने कुरा ठिक नभएको बताएका छन् ।

    बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पौडेलले सो कुरा बताएका हुन् ।



    उनले मानिसलाई युद्धमा ल्याउने नेतृत्वले उनीहरुको परिवार र देशका लागि काम गरेर देखाए मात्रै उनीहरुप्रतिको सम्मान हुने बताए ।



    सत्तामा बस्ने जनताका निम्ति कुनै काम नगर्ने र कुनै दिन बिदा दिएर शहीदलाई सम्झने कुरा गलत भएको उनको जिकिर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार