Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अर्थमन्त्री महतको सुझाव – युवालाई देशभित्रै रोजगारीको क्षेत्र खोजेर तालिम दिनुपर्छ

    अर्थमन्त्री महतको सुझाव – युवालाई देशभित्रै रोजगारीको क्षेत्र खोजेर तालिम दिनुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 966
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिनुपर्ने बताएका छन् ।

    स्थापनाको नवौँ वर्ष पूरा भएको अवसरमा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको सीपमूलक तालिमका सम्भावना र योजना विषयक नीतिगत छलफल कार्यक्रम डा. महतले यस्तो बताएका हुन् ।



    नयाँ प्रविधि भित्रिरहेको बताउँदै उनले त्यसलाई पनि मध्यनजर राखेर सरकार, गैरसरकारी र निजी क्षेत्रलाई एकमुष्ठ बनाएर सम्भावना खोज्दा राम्रो हुने बताए ।



    नेपालमै रोजगारी सिर्जना गर्नु राष्ट्रिय महत्वको विषय भए पनि यसको आलोचना र समालोचना दुवै हुने गरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार