Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा, गभर्नर अधिकारीको दस्तखत

    आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा, गभर्नर अधिकारीको दस्तखत

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 747
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । साविककै आकार तथा रंगमा बैंकले संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो ।

    नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुरासँसको छाप पनि रहेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।



    यस्तै गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ ।



    नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीम नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा दुई वटा बाह्रसिंगाको चित्र छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार