Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्नु हुँदैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकमाथि लामो समय दिएर छलफल गनुपर्ने बताएका हुन् ।

शुक्रवार संसदमा विद्यालय शिक्षा विधेयक, २०८० का बारेमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । उनले विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न नहुने बताए।

उनले विद्यालय शिक्षा विधेयकमा संविधानसम्मत नभएका कुराहरु पनि रहेको भन्दै लामो समय दिएर यसमा छलफल हुन आवश्यक रहेको बताए ।

सांसद शर्माले भने,‘विद्यालय शिक्षा विधेयकमा संविधानसम्मत नभएका कुराहरु पनि कतिपय अवस्थामा छन् । यसमा सार्वभौम संसदले अत्यन्त गम्भीरताका साथ छलफल गर्नुपर्छ।’

उनले देशको भविष्य निर्माणसँग सम्बन्धित भएकाले विद्यालय शिक्षा विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने बताए ।

सांसद शर्माले शिक्षालाई सीपसँग कसरी जोड्ने ? सीपलाई कसरी श्रमसँग जोड्ने ? श्रमलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई बजारसम्म जोड्ने एउटा शिक्षण नीतिको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077