Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेपाल र रोमानियाबीच श्रम सम्झौता

काठमाडौं । नेपाल र युरोपियन देश रोमानियाबीच श्रम सम्झौता भएको छ ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र रोमानियाका श्रम मन्त्री सिमोना बुकुरा अप्रेस्कु बीच आज शुक्रबार द्विपक्षीय श्रम समझदारीमत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र रोमानिया बीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम सम्झौता भएको मन्त्रालयले जनाएको छ ।

सम्झौता अनुसार नेपालमा रोमानियाका लागि राजदूतावास स्थापना गर्ने, आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधी तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्न, रोमानियामा नेपाली श्रमिकहरुका लागि सम्भावित सीपयुक्त श्रम बजारको पहिचान गर्नका साथै महिला श्रमिकहरुलाई समेत लक्षित गरि सुरक्षित वैदेशिक रोजगारलाई संयोजन गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखिने छ ।

नेपालको तर्फबाट प्रतिनिधिमण्डलमा सहभागी मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077