Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेसमा विपक्षीभन्दा आफ्नै नेताको आलोचना गर्ने क्रम बढ्यो : प्रकाशशरण महत

    कांग्रेसमा विपक्षीभन्दा आफ्नै नेताको आलोचना गर्ने क्रम बढ्यो : प्रकाशशरण महत

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 537
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीमा आलोचना र विरोध गर्ने क्रम बढेको बताएका छन् । शुक्रबार चितवनमा भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले विपक्षीको भन्दा पनि आफ्नै आलोचना र विरोध गर्ने क्रम बढेको बताए । व्यक्तिगत स्वतन्त्रताको कारण अनावश्यक विषयमा पनि अभिव्यक्ति दिने क्रम बढेको उनको भनाई छ ।



    अर्थमन्त्रीसमेत रहेका प्रवक्ता महतले कांग्रेस ठूलो पार्टी र विस्तारित परिवार भएको बताए ।



    विस्तारित परिवारमा समस्या आउने, प्रश्न उठ्ने, एकअर्काप्रति असन्तुष्टि उत्पन्न हुने विषय नौलो नभएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार