Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भूकम्प पीडितलाई नभेटेरै फर्किए प्रधानमन्त्री प्रचण्ड, प्रशासनमा नाराबाजी !

बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट्न नपाएको भन्दै भूकम्पपीडितले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

उनीहरूले प्रधानमन्त्रीलाई भेट्न नपाएको र आफ्ना पीडाको सुनुवाइ नभएको भन्दै जिल्ला प्रशासन कार्यालय बझाङको गेटमै नाराबाजी गरेका हुन् ।

उनीहरूले बाहिर नारा लगाइरहँदा प्रधानमन्त्री प्रचण्ड जिल्ला प्रशासन कार्यालयभित्र थिए। प्रधानमन्त्रीविरुद्ध बोलेको भन्दै प्रहरीले उनीहरूलाई केही बेर नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री प्रचण्ड बझाङ आउने खबर पाएपछि सदरमुकाम पुगेका दुरदराज भूकम्प पीडितहरूले समस्या राख्न पाउने आशा राखेका थिए ।

तर उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्ना समस्या राख्न पाएनन् । बझाङको दरमुकाम चैनपुर पुगेर भूकम्पबाट भएको क्षति अवलोकनपछि प्रम प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि केही घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077