Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • घरायसी विवादका कारण उपेनले गरे पत्नीको हत्या

    घरायसी विवादका कारण उपेनले गरे पत्नीको हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 1.2K
    SHARES

    मोरङ । मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१९ धनपुराका ३९ वर्षीय उपेन चौधरी पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उपेनले यही असोज १३ गते राति धारिलो हतियार प्रहार गरेर र कुटपिट गरेर पत्नी ३० वर्षीया जितनी सहनीको हत्या गरेका थिए ।



    टाउकोमा धारिलो हतियार प्रहार गरिएको र शरीरमा कुटपिट गरेको चोट रहेको अवस्थामा जितनीको शव घरभित्रै फेला परेको थियो । घटनापछि फरार रहेका उपेनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    घरायसी विवादमा उपेनले पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उपेनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार