Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अर्थमन्त्री महतको दाबी – अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदैछ

    अर्थमन्त्री महतको दाबी – अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदैछ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 552
    SHARES

    चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र सुधारको बाटो रहेकाले नआत्तिन आग्रह गरे ।



    नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका डा महतले अघिल्लो सरकारको जथाभावी खर्च गर्ने प्रवृत्तिका कारण अर्थतन्त्रमा समस्या आएको र यसलाई नियन्त्रण गर्न सरकार लागि परेको बताए ।



    अर्थमन्त्री डा महतले सामाजिक सञ्जालमार्फत नेपालको अर्थतन्त्रको विषयमा नियोजितरूपमा गलत प्रचार गरिएको गुनासो गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार