Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रचण्डलाई केपी ओलीले भने - कोशीमा सरकार जोगाउन एमालेलाई सहयोग गर्नुहोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोशी प्रदेश सरकार जोगाउन सहयोग मागेका छन् ।

शनिबार बिहान बालुवाटारमा कोशी प्रदेश र समसामयिक राजनीतिक विषयमा अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको हो ।

कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। एमाले प्रदेश संसदीय दलका नेता कार्की धारा १६८ को उपाधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

बालुवाटार स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले प्रचण्डलाई कोशी प्रदेश सरकार जोगाउन माओवादी केन्द्रबाट विश्वासको मत दिन आग्रह गरे।

कार्कीले विश्वासको मत नपाउँदा कोशी प्रदेश मध्यावधिमा जाने भएकाले पनि समर्थन गर्न प्रचण्डसमक्ष ओलीले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077