Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसएसपी पाण्डेमाथि कारबाही सिफारिस

काठमाडौं । नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेलाई कारबाही सिफारिस भएको छ । शंकास्पद रकम लेनदेनबारे परेको उजुरी उपर भएको छानबिनमा कारबाही सिफारिस भएको हो ।

डिआइजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले केही दिनअघि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उनको केही आर्थिक कारोबार शंकास्पद देखिएको र त्यसको बैधानिकता पुष्टि गर्न नसकेको भन्दै विभागीय कारबाहीका लागि सिफारिस भएको स्रोत बताउँछ ।

वीरगञ्जका व्यवसायी राज साहसँग टेलिफोनमा लेनदेन बारे गरेको कुराकानीको अडियो बाहिरिएपछि पाण्डेमाथि छानबिन भएको थियो । उजुरी दिनेले हुन्डी कारोबारीलाई जोगाएर लाभ लिएको दाबी गरेका थिए । तर, हुन्डी कारोबारीलाई जोगाएको पुष्टि हुन नसकेको बरु शंकास्पद लेनदेन गरेको हुनसक्ने भन्दै सामान्य प्रकृतिको विभागीय कारबाहीका लागि सिफारिस भएको प्रहरी स्रोत बताउँछ ।

एसएसपी पाण्डे हाल प्रहरी एकेडेमीमा कार्यरत छन् । पर्सा प्रहरीको प्रमुख हुँदाको बखतको लेनदेनका अडियो बाहिर आएका हुन् । उनी निकट रहेका व्यवसायी साहलाई पक्राउ गरी पछि प्रहरी अधिकारीले नै उनको मोबाइलमा रेडर्क भएको कुराकानी बाहिर ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077