Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिसँग प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीद्वयले गरे भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।

अमेरिकामा भएको संयुक्त राष्ट्र संघको महासभा तथा चीनको भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ शीतलनिवास पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफनो दुवै भ्रमणबारे जानकारी गराएको बताइएको छ । साथै मुलुकका अहिलेका समसामयिक विषयमा पनि छफलफल भएको थियो ।

यसअघि आजै राष्ट्रपति पौडेलसँग उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077