Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानमा भूकम्पमा परेर १५ जनाको मृत्यु, ७८ घाइते

एजेन्सी । पश्चिमी अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

यूएस जियोलोजिकल सर्भेका अनुसार इरानको सीमा नजिक रहेको पश्चिमी सहर हेरातभन्दा ४० किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको छ ।

स्थानीय समयअनुसार बिहान ११ बजे ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर ७८ जना घाइते भएको बताइएको छ ।

भूकम्पमा भवनहरूमा क्षति पुगेको र मानिसहरू भग्नावशेषमा दबिएको अफगान अधिकारीहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077