Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आज बेलायत जाँदै प्रधानसेनापति शर्मा

    आज बेलायत जाँदै प्रधानसेनापति शर्मा

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 393
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आज बेलायत भ्रमणमा जाँदै छन् ।

    बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा उनी बेलायत जान लागेका हुन् । उनको यही असोज २६ गतेसम्म बेलायतको भ्रमण हुने बताइएको छ ।



    प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको भ्रमण गर्ने छन् । ती दुवै शिक्षण संस्थामा नेपाली सेनाका अधिकृत लामो समयदेखि निरन्तर सहभागी हुँदै आएका छन् ।



    प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्ने छन् । प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रीयन पट्रोलमा सहभागी टोलीसँग भेटघाट हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार