Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ३३२ स्थानीय तहलाई प्राधिकरणले भन्यो – सडक बत्तीको महसुल भुक्तानी गर्नू

    ३३२ स्थानीय तहलाई प्राधिकरणले भन्यो – सडक बत्तीको महसुल भुक्तानी गर्नू

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 609
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीका लागि विद्युत् प्रयोग गरी महशुल नबुझाउने ३३२ स्थानीय सरकारलाई ४५ दिनभित्र महशुल बुझाउन ताकेता गरेको छ।

    प्राधिकरणले सूचना प्रकाशन गर्दै ६ महानगरपालिकासहित देशभरका ३३२ स्थानीय तहलाई विद्युत महशुल बुझाउन ताकेता गरेको हो।



    सूचना अनुसार सडक बत्तीका लागि विद्युत् प्रयोगवापत ती स्थानीय तहबाट कुल ६ अर्ब ८ करोड ९४ लाख ३११ रूपैयाँ उठ्न बाँकी छ।



    यो रकम गत आर्थिक वर्षको बक्यौता रहेको प्राधिकरणले जनाएको छ । महसुल नतिर्नेमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरु छन्।

    शहरी तथा बस्ती भएको क्षेत्रमा पालिकाहरुले सडक बत्ती जडान गर्दै आएका छन्। त्यसबापत उठ्ने विद्युत् महसुल पालिकाहरुले विद्युत् प्राधिकरणलाई भुक्तान गर्नुपर्ने हुन्छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार