Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

    जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 612
    SHARES

    फाइल तस्विर

    धनुषा । जनकपुर बिग मार्टमा गएराति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९, रामानन्द चोकस्थित सो मार्टमा अकस्मात लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ ।

    जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, स्थानीय लगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।



    आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए । उनले आगलागीबाट १० करोडभन्दा बढीको क्षति पुगेको बताए ।



    सञ्चालक रायले भने “हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियौँ । मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ ।” रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार