Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मुख्यमन्त्री निवास लक्षित केसीको कटाक्ष - कठैबरा! अब चल्छ संघीयता?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै केसीले संघीयताले गरेर नखाएको टिप्पणी गरेका हुन्। अध्यक्ष केसीले मुख्यमन्त्रीहरूलाई काठमाडौंमा बनाइएको भवनको आलोचना गरे।

अध्यक्ष केसीले भने,‘मुख्यमन्त्रीहरूलाई काठमाडौंको भैंसेपाटीमा दरबार बनाउने हो ? उहाँहरू प्रदेशबाट आएर यहाँ बास बस्ने? कठैबरा! यही हो, अब चल्छ संघीयता? तपाईंहरूले धान्न सक्नुहुन्छ? न्वारनमा बाहुनहरूले नाम किटानी गरिसकेपछि त्यो नाम भएन भनेर फेरि त्यहाँ उत्पात मचिन्छ । कतिपटक त्यहाँ सरकार बने, कति भत्किरहेछन्। यो जात्रा सुन्न र देख्न नेपाली जनताले परेको छ। तैपनि संघीयताको मुरली माननीयज्यूहरूले बजाइरहनुभएको छ।’

अध्यक्ष केसीले सदनमा आफूले संघीयता बलियो बनाउनुपर्छ भन्ने आवाज सुनिरहेको भन्दै कोशी प्रदेशको समयमै न्वारन हुन नसकेको सन्दर्भ जोड्दै संघीयता चल्न नसक्ने बताए।

केसीले लाज नमानीकन नगरपालिका र गाउँपालिकालाई अधिकार दिन सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077