Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वर्तमान सरकारले बजेटमा कामै गर्न सकेन : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले वर्तमान सरकारले बजेटमा कामै गर्न नसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अर्थविद् समेत रहेका सांसद वाग्लेले यस्तो बताएका हुन् । सांसद वाग्लेले बजेटमा तोकिएको समयसीमाभित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गरे।

उनले चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समयसीमाभित्र रहेर सरकार आफैंले काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

सांसद वाग्लेले भने, ‘सरकार आफैंले गर्नुपर्ने आर्थिक वृद्धिको काम भने केही पनि भएको छैन। कसिलो आयात र मौद्रिक नीतिले गर्दाखेरी शोधानान्तर स्थिति अलिक सुध्रिएको देखिएयता पनि सरकार आफैंले गर्छु भनेका काम चाहिँ कत्ति पनि नभएकोतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु। यो बजेट म ४ महिनापछि फेरि पल्टाएर हेर्दैछु। धेरै कुराहरु असारसम्म गर्ने भनिएको थियो। केही कुराहरु साउनसम्म गर्छु भनिएको थियो। विभिन्न म्यादहरु कुनै पनि पूरा भएका छैनन्। हामीले अर्थमन्त्रीलाई शंकाको लाभ दिएकै हो। तर त्यो स्पिरिट अनुसार काम भएको छैन।’

सांसद वाग्लेले नेपाल राष्ट्र बैंकले भने मुलुकको अर्थतन्त्रमा राहत दिने खालका नीतिहरु ल्याएको भन्दै स्वागत गरे। उनले मुलुकको आर्थिक दुरावस्थाका लागि नेपाल राष्ट्र बैंकलाई मात्रै जिम्मेवार ठहर्‍याउने परिपाटीबाट छुटकारा पाउनैपर्ने बताए।

उनले यस्तो सरकारी नैराश्यताका बीच पनि राष्ट्र बैंकले भने केही कसिला नीतिहरुलाई खुकुलो गरेको भन्दै प्रशंसा गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077