Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंमा वर्षेनी १५ हजार जनालाई सीपमूलक तालिम दिने मेयर बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले वर्षेनी १५ हजार जनालाई सीपमुलक तालिम दिने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत भिडिओ पोस्ट गर्दै मेयर बालेनले ३ वर्षभित्र महानगरभित्रको बेरोजगारी समाधान गर्ने लक्ष्यसहितको योजना अघि सारेका हुन् ।

उनले ‘स्वर्णिम र गौरव’ योजनाअन्तर्गत १५ हजारलाई सीपमूलक तालिम दिने घोषणा गरे । मेयर बालेनले भने, ‘हरेक वर्ष कम्तीमा १५ हजार जनालाई सीममुलक तालिम दिने र कम्तीमा पाँच हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि गौरब योजना ल्याइएको हो।’

महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदार र रोजगार दातालाई एउटै प्लेटफर्ममा ल्याई श्रम बैंकको स्थापना गरेर रोजगारी अवसर बढाउने उनले बताए।

महानगरका स्थायी बासिन्दा, महानगरका करदाता तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरू श्रम बैंकमा आबद्ध हुन सक्ने उनले उल्लेख गरेका छन्।

अनुसार सुरुमा महानगर क्षेत्रभित्र रहेका दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिको सूचीकरण गरिनेछ । त्यसपछि अदक्षलाई दक्ष बनाउन सीपमूलक तालिम दिइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077