Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सशस्त्र प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन - देश र जनताको सेवामा समर्पित हुनू

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो योग्यता र क्षमता देशका निम्ति लगाउन सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज भएको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री श्रेष्ठले देशमा शान्तिसुरक्षा कायम गर्ने तथा सुव्यवस्था सुनिश्चित गर्ने गहन एवं संवेदनशील जिम्मेवारी निर्वाहका निम्ति बदलिँदो परिस्थितिअनुरुप आफूलाई ढाल्नुपर्ने बताए ।

प्रविधि एवं आर्थिक समस्यासँगै बढिरहेको सुरक्षा चुनौतीलाई परास्त गर्न उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै देश र जनताका निम्ति योगदान गर्नुपर्नेमा गृहमन्त्रीले जोड दिए ।

प्रहरी कर्मचारीको क्षमता वृद्धिलाई आफूले प्राथमिकतामा राखेको बताउँदै गृहमन्त्रीले सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा परिचालन हुने विशेष दस्ताका रुपमा विकास गर्न चाहेको जानकारी दिए । प्रतिकूल परिस्थितिमा देश र जनताको सेवामा हरहमेसा समर्पित हुन दीक्षित प्रहरी निरीक्षकहरुलाई उनले निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सरकारबाट प्राप्त निर्देशन अक्षरसः पालना गर्दै सङ्गठनलाई अघि बढाउन प्रतिबद्ध रहेको बताए । उनले तालिम प्राप्त जनशक्तिलाई सङ्गठनको उद्देश्य प्राप्तिमा उपयोगी हुने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077