Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

८ लाख नगद र लागूऔषधसहित ५ जना पक्राउ

मकवानपुर । मकवानपुरमा ८ लाख नगद र लागूऔषधसहित ५ जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेहरूमा मकवानपुरको कैलाश गाउँपालिका–८ बस्ने ३१ वर्षीय विकास मोक्तान, सोही स्थान बस्ने ३५ वर्षीय रामबहादुर स्याङबो, पर्सा ठोरी गाउँपालिका–८ बस्ने ३२ वर्षीय जित बहादुर चापागाई, मकवानपुरको मनहरी गाउँपालिका–४ रमनटार बस्ने ३० वर्षीय रामचन्द्र गोले र सोही स्थान बस्ने २० वर्षीय दालबहादुर मोक्तान रहेका छन् ।

उनीहरूलाई मनहरी गाउँपालिका-६ स्थित नयाँबस्तीमा प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकलसहित बाटोमा बसिरहेको अवस्थामा ६ सय २ बोतल कोडिन फास्फेट,२० ग्राम चरेस र नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077