Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयन गर्न ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनले नेतृत्व चयनमा नयाँ सन्देश दिन सक्नुपर्ने बताएका छन् ।

नेकपा एमालेको आज धनगढीमा शुरु भएको पहिलो प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्न पार्टीका प्रतिनिधिलाई निर्देश गरेका हुन् ।

नेतृत्वले गर्ने मूल्याङ्कन नमानेर आफ्नो आफै मूल्याङकन गर्ने प्रवृत्ति अनुपयुक्त भएको तर्क गर्दै अध्यक्ष ओलीले भने,“कुनै पूर्वाग्रह नराखी प्रदेशको नेतृत्व चयनमा खटिन पार्टीका नेतालाई आग्रह गर्छु ।”

पार्टीकाविरुद्ध चौतर्फी हमला भइरहेकाले त्यसलाई पराजित गर्न दृढताका साथ नेता तथा कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिँदै उनले सभ्य, सालिन र शान्तिपूर्ण समाज निर्माणका लागि योगदान गर्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077