Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

दूरसञ्चार प्राधिकरणले भन्यो - टेरामोक्सले व्यक्ति व्यक्तिबिच फोनकल रेकर्ड गर्दै

काठमाडौँ । दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षणरन्यूनीकरण गर्न तथा सेवाप्रदायकको नेटवर्कबाट हुने कलको मापन गर्न प्राधिकरणले कार्यान्वयनमा ल्याउन लागेको टेलिकम्युनिकेसन्स ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स) ले व्यक्ति व्यक्तिबिच फोनकल रेकर्ड नगर्ने नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्ट पारेको छ ।

पछिल्लो समय विवादित बनेको टेरामोक्सको प्राविधिक पक्षबारे जानकारी गराउन आइतबार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा टेरामोक्सले दूरसञ्चार क्षेत्रको घट्दो आम्दानीको कारण पत्ता लगाउन सहयोग गर्ने र सेवाको गुणस्तर बढाउन सहयोग पुर्‍याउने दाबी गरिएको हो ।

टेरामोक्स जडानको जिम्मेवारी पाएको लेबनानको भेराइज सोलुसन्सका प्राविधिकसमेत रहेका मोहम्मद हर्बले यो प्रणाली व्यक्तिको कुराकानी रेकर्ड गर्ने गरी निर्माण नगरिएको बताए ।

“सेवाप्रदायकबाट प्राप्त तथ्याङ्कको एकमुष्ट ग्रहण गर्ने र त्यसको विश्लेषणमा यो प्रणालीले सहयोग पुर्‍याउँछ,” उनले भने, “हल्ला भएजस्तो कलको रेकर्ड भने गर्दैन ।” गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077