Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तान भूकम्प : मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो, एक हजार ३२० घरमा क्षति

काठमाडौं । अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परी २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मोजाहिदका अनुसार भूकम्पमा परी २ हजार ५३ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ४० जना घाइते भएका छन् ।

यस्तै १ हजार ३ सय २० घर पूर्ण तथा आशंका रूपमा भत्किएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने तालिबान सरकारले आशंका गरेको छ ।

अफगानिस्तानको तेस्रो ठूलो पश्चिमी हेरात प्रान्तनजिकै शनिबार ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077