Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बिचौलिया र भ्रष्टहरूले अर्थतन्त्र कमजोर बनाए : माधव नेपाल

बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलाल र बिचौलियाले देशको अर्थतन्त्र कमजोर बनाएको बताएका छन् ।

एकीकृत समाजवादीको मेची–महाकाली समाजवादी जागरण अभियानअन्तर्गत बुटवलमा उद्योगी व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले नीतिगत रुपमा दलाल, बिचौलिया र भ्रष्टहरूको भूमिकाले अर्थतन्त्र कमजोर बन्दै गएको बताए । उनले प्रधानमन्त्री, मन्त्री र उच्च तहका कर्मचारीको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योगधन्दा पूरै धारासायी बनाएको टिप्पणी गरे ।

अध्यक्ष नेपालले अर्थतन्त्रको संकट समाधानको स्पष्ट योजनासहित आफूहरू जागरण अभियानमा होमिएको बताए। उनले देशको उद्योगधन्दा धारासायी हुँदा देशको अर्थतन्त्र संकटग्रस्त भएको बताए ।

अब कृषि, वन र आफ्नै खनिजमा आधारित उद्योगको प्रवर्द्धन गर्नुपर्ने अध्यक्ष नेपालको भनाई छ । उनले करनीति, भन्सार नीति र स्वदेशी उद्योगको विकास गरी रोजगारी सिर्जनाका लागि आफ्नो पार्टीका तर्फबाट पहल कदमी गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077