Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालका लागि अर्को दुःखद खबर : रोजगारी गर्न सिक्किम पुगेका १० जना नेपाली बेपत्ता

काठमाडौं । भारतको सिक्किममा १० जना नेपाली बेपत्ता भएका छन् । यही असोज १६ देखि उनीहरू बेपत्ता भएका हुन् ।

उनीहरू सबै इलाम नगरपालिका–९ का रहेको बताइएको छ । उनीहरूलाई यही असोज १७ गते टिस्टा नदीमा आएको बाढीले बगाएको हुन सक्ने स्थानीय विक्रमबाबु फियाकले आशंका गरे ।

बेपत्ता हुनेमा इलाम नगरपालिका–९ का सेनबहादुर कार्की (सानु), लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत र कुमार बस्नेतलगायत १० जना रहेका छन् ।

यी १० जना रोजगारीका लागि सिक्किम पुगेका नेपाली रहेको बताइएको छ । इजरायलमा १० विद्यार्थीको मृत्यु र त्यहाँ फसेका विद्यार्थीको उद्धारको प्रयास भइरहँदा इलामका १० स्थानीय भारतको सिक्किममा बेपत्ता भएको अर्को दुःखद खबर सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077