Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फुटबल गतिविधि स्थगित भएपछि इजरायलबाट नेपाल फर्कंदै साम्बा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा नेपाल फर्कंदै छिन् । उनी मंगलबार स्वदेश फर्कन लागेकी हुन् ।

प्यालेस्टाइनी विद्रोही समूह हमास हमलाका कारण इजरायल हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएका छन् ।

साम्बा रहेको क्षेत्र रानानामा आत्तिनुपर्ने कुनै गतिविधि नभएपनि सबै खाले खेल गतिविधि स्थगित भएपछि साम्बा स्वदेश फर्कन लागेको बताइएको छ ।

साम्बा इजरायल लिगट अल वुमन्स लिग क्लब हापोयल रानानामा आवद्ध छिन् । इजरायल र हमासबीचको रक्तपातपूर्ण द्वन्द्व जारी छ।

यस हमलामा हालसम्म ७०० भन्दा बढी इजरायली र ४०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । उक्त आक्रमणमा परी इजरायलमा १० जना नेपाली पनि मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077