Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अन्सारुल मियाँ हत्या प्रकरण : युवकलाई जन्मकैद, बालकलाई १७ वर्ष जेल !

सप्तरी । सप्तरीको रूपनी गाउँपालिका-५ बसविट्टीमा गरेको हत्या घटनामा एक किशोरलाई जन्मकैद र एक बालकलाई १६ वर्ष आठ महिना कैद सजाय भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलाशले सोमबार २२ वर्षीय लालु भनिने जयराम खंगलाई जन्मकैद र १६ वर्ष ३ महिना १७ दिनका बालकलाई १६ वर्ष ८ महिना कैद सजाय सुनाएको हो ।

कैद सजायका साथै जयरामले एक लाख रूपैयाँ पीडित परिवारलाई क्षतिपूर्ति तिनुपर्ने र २ हजार ८ सय रूपियाँ फौजदारी अपराध कसूर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ । यस्तै १६ वर्षीय बालकले पनि ७५ हजार रूपैयाँ जरिवाना तिर्नुपर्ने र राहत कोषमा दुई हजार दुई सय रूपियाँ जम्मा गर्नु पर्नेछ ।

२०७८ चैत ७ गते गाउँदेखि पूर्व रहेको समर्थ सिंहको पोखरीमा २५ वर्षीय अन्सारुल मियाँको सडेगलेको शव फेला फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077