Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इजरायलमा थप ५५ नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका ५५ जना नेपाली विद्यार्थीको उद्धार गरिएको छ ।इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो ।

यसैगरी इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीलाई अझ सुरक्षित ठाउँमा सारिएको नेपाली राजदूतावास जनाएको छ । यस्तै नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरूको स्वदेश फिर्तीको लागि राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेशनमा ३५० भन्दा बढीको विवरण प्राप्त भएको दूतावासको भनाई छ ।

हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको बताइएको छ । हराइरहेका एक जनाको खोजि कार्यका लागि प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तिब्र पारिएको पनि दूतावासले जनाएको छ।

गएको शनिबार प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077