Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा अध्यक्ष उपेन्द्र यादव स्वदेश फिर्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट स्वदेश फर्किएका छन् ।

एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को अधिवेशनमा सहभागी भएर मंगलबार साँझ स्वदेश फर्किएका हुन् ।

जसपाका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादवले अमेरिकाको न्यूयोर्क र भर्जिनियामा रहेका नेपाली समुदायसँग अन्तक्रिया गरेका छन्।

यही असोज १२ गते अध्यक्ष यादव अमेरिका प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077