Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

झापामा जंगली हात्ती मृत फेला

झापा । झापाको भद्रपुरमा एउटा जंगली हात्ती मृत फेला परेको छ।

भद्रपुर २ स्थित कमलधाप रामपोखरी सामुदायिक वन कार्यालय नजिकै गहिरो नालीमा डुबेको अवस्थामा हात्ती मृत भेटिएको हो ।

स्थानीयले हात्ती मृत देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट चिकित्सकको टोली आइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077