Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज राति नेपाल एयरलाइन्सको जहाज पठाइने

काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।

नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो ।

इजरायलमा मृत्यु भएका १० जनाको शव र नेपाली विद्यार्थीको उद्धार गर्ने सरकारले निर्णय गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

गत शनिवार बिहान प्यालेस्टाइनस्थित हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए भने अझै कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन छन् । त्यस्तै ४ जना घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077