Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको छ ।

कोशी प्रदेशमा नयाँ सरकार गठनबारे निर्णय लिन राप्रपाले पदाधिकारी बैठक बोलाएको हो ।

शुक्रबार बिहान ८ बजे बोलाइएको बैठकले कोशी सरकारबारे समेत निर्णय लिनेछ ।

कोशीमा शुक्रबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न समय दिइएको छ ।

संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि कोशीमा अर्को उपधारा बमोजिम सरकार गठन गर्ने गृहकार्य गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077