Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिआइबीको साख खस्कँदै, एआइजीको पद धरापमा

    सिआइबीको साख खस्कँदै, एआइजीको पद धरापमा

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । गर्विलो इतिहास बोकेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को साख खस्कँदै गएको छ । पछिल्ला ठूला घटनामा उसको अनुसन्धान विवादमा मात्र परेको छैन विभिन्न निकायबाट प्रश्न समेत उठेको छ ।

    कमजोर नेतृत्वका कारण सिआइबीको साख खस्किँदै गएपछि ब्यूरो प्रमुख एआइजी किरण बज्राचार्यलाई हटाउन दबाब परेको छ । स्रोतका अनुसार ब्यूरो प्रमुख फेर्न गृह मन्त्रालयले यसअघि नै प्रहरी नेतृत्वसँग छलफल गरिरहेको छ ।



    सिआइबीले पछिल्लो समय ललिता निवास काण्डदेखि सुन काण्डका हाइप्रोफाइल घटनाको अनुसन्धान ग-यो ।



    हाइप्रोफाइल घटनाले सिआइबीको साख बढाउनुपर्नेमा अनुसन्धान विवादमा परे । अनुसन्धानमा परिपक्कता नहुँदा सिआइबी विवादमा पर्दै गएको बुझाई सरकारको छ । ललिता निवासको मुद्दामा तीन सय भन्दा धेरै प्रतिवादी रहेकोमा करिब दुई दर्जन मात्र पक्राउ परे । जग्गा खरिद गर्नेलाई पक्राउ गर्दा मुख्य नाइकेहरुलाई सिआइबीले पक्राउ गर्न सकेन । यो मुद्दामा जोडिएका कतिपय मारवाडी व्यवसायीलाई सिआइबीले दुःख दिएको आरोप लागेको छ ।

    अर्कोतर्फ हतार–हतार सचिव कृष्ण बहादुर राउतलाई पक्राउ गरेकोमा पछि मुद्दा नचलाउने निर्णय गरेको थियो । यद्यपी सरकारी वकिलले उनलाई पनि मुद्दा चलायो । केहीलाई भने जग्गा फिर्ता गर्ने सर्तमा छाडिएको थियो । तर, त्यसमा पनि सरकारी वकिलले प्रश्न उठाउँदै पछि मुद्दा दायर गर्ने निर्णय गरेको थियो ।

    जसकारण ललिता निवासले सिआइबीको इज्जत बढाउने भन्दा घटाउने काम ग-यो । विद्युतीय चुरोट (भेप्स) मा राखेर सुन तस्करी भएको घटनामा पनि सिआइबी अनुसन्धान विवादमा प-यो । जसले सरकार नै अफ्ठेरोमा परेको थियो । सिआइबीले पूर्व सभामुख रहेका माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराको त्यो गिरोहमा संलग्नता रहेको भनेर चार्ट अनुसन्धान प्रतिवेदनमा राखेको थियो । तर, उनीहरूमाथि सामान्य सोधपुछ समेत गरिएको थिएन ।

    यस विषयमा माथिल्लो निकायहरूलाई पनि गलत सूचना दिएको आरोप एआइजी बज्राचार्यमाथि छ । पछि विपक्षी दलका नेता तथा मिडियाले प्रश्न उठाएपछि राहुल महरालाई पक्राउ गरिएको थियो । तर, उनीविरुद्ध पनि बलिया प्रमाण संकलन गर्न सकेन । कमजोर मुद्दा अदालतमा पुगेको छ । ६१ किलो सुन तस्करीमा पनि सिआइबी अनुसन्धान विवादमुक्त हुन सकेन । ठूलो टिम बनाएर अनुसन्धान गरे पनि चिनिया गिरोहलाई नेपालमा सघाउने समूह पक्राउ परेको छैन ।

    कतिसम्म भने तस्करीको सुन किन्ने नेपालमा सुन पसलेसम्म पनि सिआइबी पुग्न सकेन । गिरोहका नाइकेमध्ये एक दावा छिरिङसँग निकट देखिएका जीवन चलाउनेलाई सिआइबीले सुरुमा बयान कागज गरेर छाडेकोमा पछि त्यो च्यातेर फरार प्रतिवादी बनाएको थियो । सुरुमा जोगाउने प्रयास गरेकोमा माथिल्लो निकायले चाल पाएपछि अन्तिम दिन प्रतिवादी बनाउने निर्णय भएको थियो ।

    साथै गिरोहमा जोडिएका केही व्यक्तिलाई उन्मुक्ति दिएको र केहीसँग लाभ लिने प्रयास गरिरहेको सूचना गृह मन्त्रालयसम्म पुगेको छ । सिआइबीले नक्कली डाक्टर भनेर सक्कलीलाई पक्राउ गरेको थियो । नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई पक्राउ गर्ने क्रममा कुनै दोष नभएका चिकित्सक रञ्जित कुमार यादवलाई पक्राउ गरेर तीन दिन थुनिएको थियो । पछि मात्र नक्कली प्रमाणपत्रधारी रञ्जित कुमार यादव अर्कै भएको पुष्टि भएको थियो ।

    यो घटनाले सिंगो प्रहरी नै बदनाम भएको थियो । यस्ता श्रृङखलाबद्ध गल्ती पछिल्लो समय सिआइबीबाट भएको छ । जसकारण प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग समेत एआइजी बज्राचार्यको राम्रो सम्बन्ध छैन । महानिरीक्षक कुँवरसँगै मनमुटावपछि एआइजी बज्राचार्यले ‘नेतृत्व भनेको पोजिसन मात्र होइन’ भनेर सांकेतिक रुपमा फेसबुक स्ट्याटस लेखेको चर्चा प्रहरीमा छ ।

    अनुसन्धानमा परिपक्कता नदेखाएको, चेन अफ कमाण्ड उल्लंघन गरेको लगायतका विषयमा आइजिपी कुँवर पनि उनीसँग रुष्ट बनेका छन् । अर्कोतर्फ टिमको नेतृत्व पनि राम्रोसँग गर्न नसकेको आरोप बज्राचार्यमाथि छ । अनुसन्धानमा अनुभवको कमीले पनि यस्तो समस्या आएको हुनसक्ने प्रहरी अधिकारी बताउँछन् । जसकारण उनलाई हटाउने तयारी भइरहेको छ ।

    ‘पहिले नै सिआइबी प्रमुख फेर्ने कुरा थियो, तर ठूला घटनाको अनुसन्धान चलिरहेकाले गलत सन्देश जान सक्ने भएकाले रोकिएको हो,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने । पछिल्लो समय सहकारीपीडितहरु सिआइबीमा पुगेका छन् । त्यसमा पनि सिआइबीले राम्रोग  अनुसन्धान गर्न सकेको छैन । सहकारीका कतिपय सञ्चालकलाई सिआइबीकै प्रहरी अधिकृतले भगाएको आरोप लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार