Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश स्तरीय महिला भेला बिहीबार र शुक्रबार धनगढीमा हुँदै

कैलाली । बिहीबारबाट सुदूरपश्चिम प्रदेशस्तरीय महिला भेला धनगढीमा हुँदैछ । धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत बिहीबार र शुक्रबार गरी दुई दिन धनगढीको शुभ श्री प्यालेसमा भेला हुन लागेको जानकारी गराइएको हो ।

सो भेलाको नाम 'सुदूरपश्चिम प्रदेश स्तरीय महिलावादी महिला मञ्च-२०८०' दिइएको छ । ''न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितताः सामाजिक रुपान्तरण सहितको दिगो विकासमा निश्चितता'' भन्ने नारासहित भेला आयोजना गरिएको हो ।

भेलामा प्रदेशका ८८ वटै स्थानीय तहका महिला अधिकारकर्मीहरुको सहभागिता रहने आयोजक महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले जनाएको छ । सञ्जालकी अध्यक्ष श्याम शाहले मञ्च मुख्य गरी महिलाको श्रम, शरीर र पर्यावरणको सवालमा केन्द्रित रहेर छलफल हुने बताइन् ।

उनले मञ्चमा श्रम, शरीर र पर्यावरणका क्षेत्रमा भएको नियन्त्रणले महिलालाई पारेको प्रभाव, उक्त प्रभावले समाज र देशलाई कसरी कति गहिराई सम्म असर पारेको छ भन्ने विषमयमा छलफल गरिने बताइन् ।

श्रमको अधिकार र पर्यावरणीय न्याय, मानवीय संकट र महिलाको नेतृत्व सवारमा प्यानल छलफल तथा सिड सम्बन्धी कार्यशाला गरिने उनको भनाई छ । सो कार्यक्रममा ३५० जनाको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077