Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीप लामिछानेविरूद्धको मुद्दाको पेसी आज

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलत्कार मुद्दाको फाइनल पेसी आजका लागि तय भएको छ ।

असोजमा दुई पटक पेसी चढेर पनि अदालतबाटै स्थगित भएको सन्दीपको मुद्दामा बिहीबार फाइनल बहस हुने भएको हो ।

यसअघि गत १ असोजमा सन्दीपको मुद्दा पेसीमै नचढी स्थगित भएको थियो। गोलप्रथापछि मुद्दा केशवप्रसाद घिमिरेको इजलासमा तय भएपनि उनी बिदामा भएका कारण मुद्दा स्थगित हुन पुग्यो ।

त्यसपछि ७ असोजका लागि तय भएको सन्दीपको मुद्दा फेरी पनि पेसीमै नचढी अदालतलेनै स्थगित गरेपछि सन्दीप एसियाली खेलकुद प्रतियोगिता एसियाडका लागि चीन प्रस्थान गरेका थिए ।

१७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077