Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चाँदीसहित भारतीय नागरिक पक्राउ

बनेपा । प्रहरीले बनेपाबाट ७ किलो चाँदीसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पूर्वबाट काठमाडौं आउँदै गरेको गाडीमा प्रहरीले चेकजाँच गर्ने क्रममा ७ किलो चाँदीसहित भारतीय नागरिक आश्विनी सर्राफ पक्राउ परेका हुन् ।

काठमाडौंबाट आएको सशस्त्र प्रहरी र राजस्व विभागको टोलीले सवारी चेकजाँच गरेको थियो ।

पक्राउ परेका व्यक्ति र चाँदीलाई काठमाडौं ल्याउँदै गरेको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077