Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साथीलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा सुवास सुन्धाराबाट पक्राउ

काठमाडौं । सहकर्मीमाथि पेट्रोल छर्किई आगो लगाएर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले उनलाई २३ गते बिहान सुन्धाराबाट पक्राउ गरेको हो ।

असोज २२ गते ललितपुरस्थित ग्वार्कोको एसबी ह्याण्ड ग्राफीमा काम गर्ने सुवास विकले सँगै काम गर्ने अरुण विकलाई पेट्रोल छर्किएर आगो लगाउँदा उनीसहित ३ जना घाइते भएका थिए । उनीहरुको अहिले किर्तिपुर बर्निङ अस्पतालमा उपचार भइरहेको छ ।

पर्सा घर भएका सुवासले सोही ठाउँका अरुणलाई आगो लगाइ फरार भएका थिए । उनलाई थप अनुसन्धानका लागि ललितपुरको प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077