Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अदालत आफैंले गर्‍यो सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगितको सूचीमा परेको छ ।

जिल्ला अदालत काठमाडौंंमा न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा स्थगितको सूचीमा परेको हो ।

जिल्ला अदालतका ३० न्यायाधीशमध्ये २१ जनामात्रै उपस्थित छन्। अनुपस्थित रहेका ९ जनामध्ये ६ जना सरूवा भएर आउनै बाँकी रहेको र ३ जना न्यायाधीश बिदामा रहेको अदालत प्रशासनले जनाएको छ ।

सन्दीपविरुद्धको मुद्दामा यसअघि यही असोज ४ गते, आइतबारका लागि पेसी तोकिएको दिन पनि अदालत आफैंले स्थगित गरेको थियो।

हालसम्म ३० पटक साप्ताहिक तारेख र पूरक सहित २६ पटक पेशीमा चढेको उक्त मुद्दा वैशाख २४ गते नै अन्तिम सुनुवाइ हुने भनिए पनि विविध कारण अन्य आदेश हुँदै पर धकेलिएको छ ।

त्यतिबेला पनि कुनै पनि न्यायाधीशले सन्दीप प्रतिवादी रहेको मुद्दाको गोला नतानेपछि स्थगित भएको थियो । सन्दीप विरुद्धको बलात्कारको मुद्दामा यसअघि पटक-पटक अन्तिम फैसलाका लागि पेसी तोकिए पनि फैसला नभई सर्दै आएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077