Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उद्धारका लागि गएको नेपाल एयरलाइन्सको विमान इजरायलमा अवतरण

काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीलाई लिन गएको नेपाल एयरलाइन्सको विमान इजरायल पुगेको छ ।

काठमाडौंबाट बिहीबार बिहान ४ बजे प्रस्थान गरेको विमान दुबई ‘टान्जिट’ बनाएर इजरायलको बेन गुरियन विमानस्थलमा अवतरण गरेको हो ।

विमान दुई घण्टा उक्त एयरपोर्टमा रहेर आज राति सवा ९ बजेतिर काठमाडौं अवतरण गर्ने बताइएको छ ।

हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन सरकारले उक्त विमान इजरायल पठाएको हो ।

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको विमान उद्धारका लागि इजरायल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077