Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका कार्की र माओवादीका आङ्बोको दाबी पेश

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दोहोरो दाबी परेको छ ।

माओवादी केन्द्रका इन्द्र आङबो र कांग्रेस संस्थापन पक्षका नेता केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा दाबी पेश गरे।

उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको हस्ताक्षरबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

त्यस्तै, बिहीबार नै नेपाली कांग्रेसका नेता केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गरेका हुन् ।

कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्कीले प्रमुख प्रमुखको कार्यालयमा दाबी पेश गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077