Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायल र हमासलाई संयुक्त राष्ट्रसंघले भन्यो - शान्तिपूर्ण वार्तामा आउनू

काठमाडौँ । संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको छ । बढ्दो तनाव कम गर्न अन्तर्राष्ट्रिय समुदायले भूमिका खेल्न पनि आग्रह गरेको हो ।

राष्ट्रसंघको मुख्यालयबाट भिडियो सन्देश जारी गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले द्वन्द्वलाई कम गर्दै समाधानको उपाय खोज्न अपिल गरेका हुन् ।

अरब लिगका विदेशमन्त्रीहरूको बैठकले पनि शान्ति बहाली गर्दै वार्तामा आउन आग्रह गरेका छन् ।

हमास र इजरायलले एक अर्काको क्षेत्रमा आक्रमण गर्दा दुवै पक्षका २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । युद्ध अझै पनि जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077