Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालगञ्जमा आगलागी, सात पसलमा क्षति

    नेपालगञ्जमा आगलागी, सात पसलमा क्षति

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 672
    SHARES

    नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित बीपीचोकमा शुक्रबार बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ।

    जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार विद्युत् चुहावट भई आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायत पसलका सामान जलेर नष्ट भएका हुन् ।



    अधिकांश सामान जलेर नष्ट भएको छ भने क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा ल्याउन दुई घण्टा लागेको बताइएको छ ।



    आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार