Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोशी कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

विराटनगर । कोशीमा शेखर कोइराला पक्षले विद्रोह गरेर नेकपा एमालेसँग सत्ता समीकरण गरेपछिको नेपाली काङ्ग्रेस कोशी प्रदेश कार्यसम्पादन समिति बैठक आज बस्दैछ।

सत्ता समीकरणबारे छलफल गर्न काङ्ग्रेस प्रदेश कार्यसम्पादन समिति बैठक बस्न लागेको हो। विराटनगरस्थित प्रदेश पार्टी कार्यालयमा आज ११ बजे बस्ने बैठकले प्रदेशको ताजा अवस्थाबारे धारणा बनाउने काङ्ग्रेसले जनाएको छ।

विहीबार सत्ता गठबन्धनले माओवादी नेता इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा दाबी गर्न लगाउने निर्णय गरेपछि काङ्ग्रेस कोशीका ८ जना सासदले एमालेसग मिलेर केदार कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए।

आङ्बो र कार्की दुवैले प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिसकेका छन। सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयसीमा आज बेलुका ५ बजे सकिदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077