Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोटमा अर्जेन्टिनाको तेस्रो जित

काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटमा अर्जेन्टिनाले लगातार तेस्रो जित हात पारेको छ ।

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेलाई १/० ले पराजित गरेको हो । अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यही अग्रता कायम राख्दै अर्जेन्टिनाले खेल जित्यो र ३ अंक जोड्न सफल भयो । लगातार तेस्रो जितपछि अर्जेन्टिना ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । ब्राजिलको २ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ ।

ब्राजिलले अहिले भेनेजुएलासँग खेलिरहेको छ । छनोटकै अन्य खेलमा चिलीले पेरुलाई २/० ले, इक्वेडरले बोलिभियालाई २/१ ले हराउँदा कोल्मबिया र उरुग्वेले २/२ को बराबरी खेलेको छ ।

कोलम्बिया ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ भने उरुग्वे र चिलीको समान ४ अंक छ र चौथो र पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077