Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवालाई शेखरको जवाफ - कोशी प्रदेशमा व्याक हुने अवस्था छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोशी प्रदेशको मुख्यमन्त्रीबाट आफुहरु व्याक हुने अवस्था नरहेको बताएका छन् ।

सभापति शेरबहादुर देउवाले कोशीमा केदार कार्की पक्षबाट भएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेपछि कोइरालाले यस्तो जवाफ फर्काएका हुन्।

नेता कोइरालाले कोशी प्रदेशको मुख्यमन्त्रीको दाबीबाट कार्कीलाई ‘ब्याक’ गराउन नसक्ने सन्देश पार्टी सभापति देउवालाई पठाएका छन् । शुक्रबार विहान सभापति देउवाका विश्वासपत्र नेता ज्ञानेन्द्रबहादुर कार्की र नेता कोइरालाबीच कोशी प्रदेशबारे टेलिफोन संवाद भएको कांग्रेस स्रोतले बतायो ।

टेलिफोन संवादमा ज्ञानेन्द्रले शेखरलाई केदारले पेस गरेको मुख्यमन्त्री दाबी फिर्ता गराउन आग्रह गरेका थिए । जवाफमा शेखरले त्यो सम्भवानै नरहेको बताएका थिए ।

गठबन्धन सरकारमा मधेस प्रदेशको नेतृत्व जसपाले गरेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार छ । बागमती र कर्णालीमा सरकारको नेतृत्व गरेको माओवादीलाई बिहीबार बसेको गठबन्धनको बैठकले कोशीमा पनि मुख्यमन्त्री दिन निर्णय गरेको थियो ।

कोशी प्रदेशमा नेपाली कांग्रेसका सांसद कार्कीले नेकपा एमालेका ३९ र कांग्रेसका ८ गरी कूल ४७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेसभित्र तरङ्ग पैदा गरेको छ।

कांग्रेससहित माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले माओवादी संसदीय दल नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेका थिए। तर यो निर्णय कोशीमा शेखर कोइरालानिकट सांसदहरूले अस्वीकार गरेका थिए।

बिहीबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर कार्की र आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। कार्कीले ४७ सांसदको हस्ताक्षर बुझाएका छन् भने आङ्बोले संसदीय दल नेताहरूको हस्ताक्षर बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077