Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकार र आन्दोनरत स्थानीय तहका कर्मचारीबीच वार्ता

काठमाडौं । आन्दोनरत स्थानीय तहका कर्मचारी र सरकारबीच वार्ता सुरु भएको छ ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ५ बुँदामा छलफल गरेर स्थगित भएको वार्ता फेरी हुन थालेको हो ।

स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समिति र निजामती कर्मचारी संगठनका प्रतिनिधिसँग मन्त्रालयका प्रवक्ता रहेका सहसचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्ययी टोलीले बुँदागत रुपमा छलफल भईरहेको छ ।

मन्त्रालयका सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टंकबहादुर महत र प्रशासनका उपसचिव खिलराज राई मन्त्रालयको तर्फबाट वार्तामा सहभागी छन् भने निजामती कर्मचारी संगठनका ५ जना र स्थानीय तह कर्मचारी संघर्ष समितिको तर्फबाट ५ जना वार्तामा सहभागी छन् ।

बिहीबार राति अबेरसम्म ५ वटा बुँदामा छलफल भए पनि निर्णय भने हुन सकेको थिएनन् । स्थानीय तहका कर्मचारीको अन्तर तह सरुवा, समायोजन पुनरावलोकन, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीको परिभाषा र नामको विषमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077