Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - कांग्रेसलाई माओवादीकरण हुन दिन्नौं

गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई एमाले वा माओवादीकरण हुन नदिइने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले कांग्रेसलाई माओवादीकरण र एमालेकरण हुन नदिइ कांग्रेसजस्तै बनाइने बताए। महामन्त्री थापाले कांग्रेसलाई विगतको जस्तो बलियो बनाइने बताएका छन्।

महामन्त्री थापाले भने,‘कांग्रेस पार्टीलाई माओवादीकरण हुन नदिने, एमालेकरण हुन पनि नदिने र कांग्रेसको राप्रपाकरण हुन पनि नदिने हो । कांग्रेसलाई कांग्रेसजस्तै बनाउने हो, यसको छवि उज्यालो बनाउँदै नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउँछौं।’

महामन्त्री थापाले आफूलाई केन्द्रमा राखेर राजनीति नगरिएको पनि बताए। उनले २०८२ सालमा हुने पार्टीको १५ औं महाधिवेशनसम्म कांग्रेसलाई कांग्रेसजस्तै बनाइने बताए।

महामन्त्री थापाले अबको चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077